धरान: द ब्युटि वर्ल्ड युनिसेक्स सैलुन एण्ड ट्रेनिङ सेन्टर संचालनमा आएको छ ।
करिब २० लाख लगानीमा शुरु भएको ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन धरान उपमहानगरपालिका का उपमेयर आईन्द्र विक्रम बेघाले गरेका थिए । उपमेयर बेघाले धरानमा अन्य व्यवसाय धरासायी हुदै गएपनि पार्लर व्यवसाय भने जोगिएको बताए । उनले ब्युटि वल्र्ड पार्लरले विपन्न परिवारका महिलाहरुलाई निःशुल्क सिप दिएर दक्ष बनाउने सोच राखेको भन्दै प्रशंसा पनि गरे ।
यो पार्लर पुजा भट्टराईले लगानी गरेर सञ्चालनमा ल्याएकी हुन् । उनका अनुसार दक्ष अनुभवी प्रशिक्षकहरुले तालिम दिनेछन् । वैदेशिक रोजगारबाट आफ्नै देशमा काम गर्ने सोचले फर्किएकी भट्टराईले ईटहरीमा २ वर्ष अघि पार्लर साथै ट्रेनिङ सेन्टर खोलेकी थिइन् ।
'आफ्नै देशमा केही गरौ भनेर ईटहरीमा शुरु गरेको व्यवसायलाई विस्तार गर्दै धरानको मायाले यहाँसम्म आए,' उनले भनिन्, 'धरानमा सबै खाले तालिम एकै ठाउँमा नपाएर दुःख पाइरहनुभएका दिदीबहिनीहरुलाई सहजताको लागी खेलेका हौं ।' उनका अनुसार धरान र आसपासका क्षेत्रबाट ईटहरी, बिराटनगरसम्म गएर तालिम लिने गरेका थिए । त्यो दुख नहोस् भनेर यहाँ खोलेका छौ, उनले भनिन् ।
ट्रेनिङ सेन्टरमा ब्युटि पार्लर र सैलुन सम्बन्धि सबै प्रकारको तालिम दिने पनि सञ्चालिका भट्टराईले बताइन् । सेन्टरमा बेसिक, एण्डभान्स पार्लर सम्बन्धि तालिम, नेल आर्ट, मेकअप, हेयर क्लास, आईस, ल्यासेस लगायतका तालिमहरु दिईने पनि उनले बताइन्। साथै बर्षमा १० जना विपन्न केटाकेटीहरुलाई निःशुल्क तालिम दिने योजना रहेको पनि उनले बताइन् ।
द ब्युटि वल्डको उद्घाटनमा महिला संजालका पुर्वअध्यक्ष शिला बज्राचार्य, सुनसरी उद्योग वाणिज्य संघका सदस्य विष्णु बराल, होटल व्यवसायी बासु बरालको पनि उपस्थिति रहेको थियो ।