धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिको अध्यक्षमा उद्धव लिम्बु निवार्चित भएका छन् । 

केन्द्रको तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत निवार्चित भएका हुन् । अधिवेशनबाट अध्यक्षसहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन भएको निवर्तमान सहसचिव खेम रनपहेलीले जानकारी दिए । उनका अनुसार अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले शुरुमा ६८ सदस्यीय सदस्यहरु चयन गरेको थियो । उक्त समितिले पहिलो बैठक बसेर थप ७ जना सदस्य मनोनित गरेर ७५ सदस्यीय बनाएको थियो । 

कार्यसमितिमा रहेका ७५ जनाले अध्यक्षसहितका पदाधिकारीहरु सर्वसम्मत चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा सिपी बजगाई, सुवास खवास, सञ्जुहांग साँवा र महिला उपाध्यक्षमा शेषकुमारी घिमिरे चयन भएका छन् । यस्तै, सचिवमा भुपाल चाम्लिङ (भुपेन्द्र), सहसचिवमा सुमन गहतराज र कोषाध्यक्षमा मिक्मा भेटे पनि सर्वसम्मत चयन भएका छन् । 

अध्यक्षमा तीन जना आकांक्षी भएपनि आज सर्वसम्मत नेतृत्व चयन भएका छन् । अध्यक्षमा निवार्चित भएका लिम्बुसँगै उपाध्यक्ष बनेका बजगाई र सचिव राई पनि अध्यक्षका आकांक्षी थिए ।