धरान : २५ औं बुढासुब्बा गोल्डकपको पहिलो सेमीफाइनल खेलमा बुधबार गोलको वर्षा भएको छ ।

धरान १६ स्थित रंगशालामा भएको खेलमा आरटिसी एफसीविरुद्द चर्च ब्वाइज युनाइटेडले ७-० को फराकिलो अन्तरले जित हासिल गरेको छ । जितसङ्गै चर्च ब्वाइज प्रतियोगिताको फाइनल पनि प्रवेश गरेको छ ।

चर्च ब्वाइजको जितमा अफ्रिकीमुलका खेलाडी आरमण्ड बेडोम र समीर तामाङले ह्याट्रिक पूरा गरे । एक गोल पदम भट्टराईको नाममा रह्यो । समीरले खेलको २१ औं, ५६ औं र ८५ औं  मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।

20250205_173151

यस्तै, आरमण्डले पनि २७ औं, ५० औं र ५२ औं  मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । पदम भट्टराईले २९ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच समीर तामाङ घोषित हुँदै नगद १० हजार, ट्रफी हात पारे । 

खेल अवधिभर चर्च ब्वाइजले भुटानलाई दबाबमा राखेको थियो । भोलि बिहीवारको अन्तिम सेमीफाइनल खेल डिफेन्डिङ च्याम्पियन एन.आर.टि. क्लब काठमाडौ र भारतको कर्साङबीच हुनेछ ।

भिडियो :