धरान: महिला नेतृत्व रहेको सामाजिक संस्थाहरुको छाता संस्था महिला सञ्जाल धरानको नवनिर्मित भवनको मंगलबार उद्घाटन भएको छ । 

धरान १३ स्थित प्रावि मार्गमा नवनिर्मित एक तला भवनको कार्यक्रमकी प्रमुख अतिथि एवं कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले रिबन काटेर उद्घाटन गरेकी थिइन् । भवन उद्घाटनसँगै सञ्जालको नवर्निवाचित कार्यसमितिको पदस्थापन पनि गरिएको थियो । 

माघ १३ गते सम्पन्न सातौं अधिवेशनबाट सावित्री इवारमको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो । उक्त कार्यसमितिलाई निर्वाचन समिति संयोजक विष्णु वरालले सपथ ग्रहण गराएका थिए भने सञ्जालकी अध्यक्ष सपना राईले नवनिवार्चित अध्यक्ष इवारमलाई सञ्जालको ब्याच लगाइदिएर पद हस्तान्तरण गरेकी थिइन् । 

सञ्जाल २०६६ मा धरान उपमहानगरपालिकाको पहलमा गठन भएको हो । स्थापनाको १६ बर्षपछि सञ्जालको आफ्नै भवनमा कार्यालय स्थापना भएको छ । 

mahila sanjal1

वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेको पहलमा कार्यपालिका बैठकले तत्कालिन मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीको कार्यकालमा १० धुर जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही जग्गामा हाल एक तला भवन निर्माण गरिएको र भविष्यमा तला थप्ने निवर्तमान अध्यक्ष सपना राईले जानकारी दिइन् । 

भवन निर्माणको शुरुवात पुर्वअध्यक्ष चेतना श्रेङको पालामा भएको थियो भने एक तला भवन निर्माण सम्पन्न निवर्तमान अध्यक्ष सपना राईको कार्यकालमा भएको हो । भवन निर्माणमा करिब ४५ लाख खर्च भएको पुर्वअध्यक्ष श्रेङले जानकारी दिइन् । भवनको जग वलियो बनाउन फाउण्डेशन निर्माणमा धेरै खर्चं भएको पनि उनले बताइन् । सबैको अथक मेहनत र साथ, सहयोगबाट स्कुटरको डिकीमा रहेको सञ्जालको खातापातालाई व्यवस्थित कार्यालयमा सार्न सकिएको उनले बताइन् । 

भिडियो :

भवन निर्माणको लागि अघिल्लो आर्थिक बर्षमा प्रदेशसभा सदस्य यशोदा कायस्थको पहलमा २५ लाख प्राप्त भएको पनि सञ्जालले जानकारी दिएको छ । यस्तै, धरान उपमहानगरपालिका, वडा नं १३, वडा नं १५, वडा नं १८, कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठान लगायत विभिन्न संघसंस्था र व्यक्तिहरुले पनि भवन निर्माणमा सहयोग गरेको सञ्जालकी निवर्तमान अध्यक्ष राईले बताइन् । 

कार्यक्रममा भवन निर्माणको पहलकर्ता वडा नं १३ का अध्यक्ष काफ्ले र पुर्वअध्यक्ष श्रेङलाई सम्मान पनि गरिएको थियो । साथै, संस्थापक अध्यक्ष गंगा वरालले भवन निर्माणको लागि २५ हजारको चेक हस्तान्तरण गरेकी थिइन् भने नेपाली कांग्रेस धरानको तर्फबाट सभापति श्याम पोख्रेलले १५ हजार नगद सहयोग हस्तान्तरण गरेका थिए । यस्तै, निवर्तमान मेयर तिलक राईले पनि आफ्नी आमाको स्मृतिमा नगद २५ हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सचिव इन्द्रकला राईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सकुन्तला त्रिखत्रीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । 

mahila sanjal9

mahila sanjal2

mahila sanjal5

mahila sanjal6

mahila sanjal4

mahila sanjal3

mahila sanjal7

mahila sanjal8