धरान: सामाजिक संस्था होप धरानले भोक राहतको लागि एक रुपैया अभियानको तेस्रो बार्षिकोत्सवको अवसर पारेर विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । 

धरान १८ स्थित ग्रीन टिमा आज बिहान एक कार्यक्रमको आयोजना गरि होप धरानले २१ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो । अभियान अन्र्तगत ७९ हजार ५ रुपैया संकलन भएको पनि संस्थाका अध्यक्ष निश्चल पलिखेले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि एवं मेयर हर्कराज राई (साम्पाङ)बाट राहत वितरण गरिएको थियो ।

सोही कार्यक्रममा संस्थाले ८७ बर्षका ज्येष्ठ श्रमदाता काजीमान गुरुङलाई नगदसहित सम्मान पनि गरेको थियो । मेयर साम्पाङको श्रमअभियानमा सहभागी जनाउने सबैभन्दा ज्येष्ठ श्रमदाता भएकोले गुरुङलाई सम्मान गरिएको अध्यक्ष पलिखेले जानकारी दिए । यस्तै, साथ सहयोग समर्थन नेपाललाई नगद ९ हजार ७ सय पनि प्रदान गरिएको थियो । 

hope dharan1

मेयर साम्पाङको जन्मदिनको अवसर पारेर होप धरानले भोक राहतको लागि एक रुपैया अभियान तीन बर्षअघि शुरुवात गरेको थियो । संस्थाले मेयर साम्पाङकै जन्मदिन पारेर राहत वितरण गर्दै आएको छ । आजको कार्यक्रमको संयोजक सुजता दर्नाल रहेको संस्थाले जनाएको छ ।

भिडियो: