धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा वडा नं १७ र वडा १३ विजयी हुदै क्वार्टरफाइनल प्रवेश गरेको छ ।
धरान १६ स्थित रंगशालामा मंगलबार भएको पहिलो खेलमा वडा नं १७ ले वडा २० लाई ३–० गोलअन्तरले हरायो । वडा १७ का कृष्ण राईले २ गोल गरे भने पासाङ तामाङले एक गोल गरेका थिए । कृष्णले २५ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । पासाङले ५८ औं मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच वडा १७ का कृष्ण घोषित भए ।
यस्तै, दोस्रो खेलमा साविक विजेता वडा नं १३ ले वडा ४ लाई २–० गोलअन्तरले पराजित गर्यो । पहिलो हाफको ३४ औं मिनेटमा सुशान्त राईले गोल गर्दै वडा १३ को खाता खोलेका थिए भने ७३ औं मिनेटमा निकोलस राईले दोसो गोल गरे । खेलको म्यान अफ दि म्याच वडा १३ का सुशान्त राई घोषित भए । प्रतियोगितामा पहिलो चरणको अन्तिम खेल भोली बुधबार वडा नं १० र ६ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।