पहाड र तराईको मिलनविन्दु, हरियालीले सजिएको, संस्कृति र सौन्दर्यले भरिपूर्ण शहर छ, धरान। स्वच्छ शहर, समृद्ध शहर भन्ने अभिलाषा बोकेको धरानमा हरेक संरचनाले यसको गौरव बोकेको हुन्छ। तर, शहरको केन्द्रस्थल भानुचोकस्थित सार्वजनिक शौचालयको अवस्था भने अझै पनि सुधारको प्रतीक्षामा देखिन्छ।

शहर विकाससँगै नागरिकको आधारभूत आवश्यकतामा पर्ने सार्वजनिक शौचालय जस्ता सेवाहरूले पनि समान ध्यान पाउनु अत्यावश्यक हुन्छ।भानुचोकको सार्वजनिक शौचालयको भौतिक संरचना जर्जर देखिनु, पानीको नियमित आपूर्ति अभाव हुनु तथा सरसफाईमा चुनौति देखिनु शहर प्रतिको हाम्रो सामूहिक जिम्मेवारीलाई अझ गहिरो दृष्टिले हेर्न प्रेरित गर्छ।

शौचालयजस्तो स्थान, जुन स्वच्छता र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ, त्यसको व्यवस्थापनमा सुधार ल्याउनु केवल सरकारी तहको काम मात्र होइन, हामी सम्पूर्ण नागरिकको पनि सरोकारको विषय हो।

धरानले विकासको गतिमा पाइला अगाडि बढाउँदै गर्दा, यस्ता सार्वजनिक स्थानहरूलाई व्यवस्थित बनाउनु शहरको सौन्दर्य र सुरक्षाको अभिन्न पक्ष हो । सबै तहका सरोकारवालाबीच सहकार्य, योजनाबद्ध संरक्षण र नियमित निगरानीमार्फत यस्तो अवस्थालाई सुधार्न सकिन्छ भन्ने विश्वासका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो।

यस किसिमका विषयमा आलोचना मात्र होइन, समाधान खोज्ने सोचका साथ संवाद थाल्नु नै दीर्घकालीन सुधारको पहिलो पाइला हुन सक्छ। धरान, जुन सुन्दरताको पर्याय बन्ने आकांक्षा बोकेको छ, उसको प्रत्येक कुनामा समृद्धि र स्वच्छताको सुवास फैलोस् भन्ने हाम्रो साझा सपना हो । यसमा सबै पक्षको ध्यान जान जरूरी देखिन्छ ।