धरान: धरान १६ स्थित सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस एण्ड ट्रेनिङ सेन्टर को १२ औं वार्षिक उत्सव तथा दिक्षान्त समारोह सम्पन्न भएको छ ।
धरान १६ स्थित याक्खा छुम्मा भवनमा सेन्टरका अध्यक्ष ज्ञान्दिप लिम्बुको सभापतित्व र वडा १६ का वडाअध्यक्ष मुरारी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीका अभिभावकहरुको पनि उल्लेख उपस्थिती रहेको थियोे । कार्यक्रममा पिजीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुले विभिन्न नृत्य, गित प्रस्तुत गरेका थिए भने नर्सरी देखि कक्षा २ र ३ का विद्यार्थीहरुले विज्ञान प्रयोगात्मक प्रदर्शनी गरेका थिए ।
उत्तिर्ण विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष भट्टराईले दिक्षित गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भट्टराईले सेन्टरले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै अभिभावकहरुलाई सन्तुष्टि दिएको प्रति प्रशंसा गरे । मन्टेश्वरीदेखि नै विद्यार्थीहरुको शैक्षिक विकाशमा योगदानमा महत्वपुर्ण योगदान रहेको उनले बताए ।
कार्यक्रममा सुनाखरी एकेडेमीका प्रिन्सीपन मिलन कुमार राई, बुद्ध आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल दिलिप योगि, पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सह–प्राध्यापक तुलाराम भण्डारीको विशिष्ठ आतिथ्यता रहेको थियो । समारोहमा उपस्थित प्रमुख अतिथी सहित, विशेष अतिथी, अभिभावक तथा सहभागि विद्यार्थीहरुलाई सेन्टरका निर्देशक ओमुकुमारी राईले धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षिका अन्जना राई र सुविना मगरले गरेका थिए ।