धरान: ईलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार कुँवरसँगै प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्की पनि चैतको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक कुँवरले धरान ६ स्थित पानवारी जंगलमा विभत्स हत्या गरिएकी चुनकुमारी दाहाल बुढाथोकीको अनुसन्धान र घटनामा संलग्न ५ जनालाई पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । उनको सोही कार्यको उच्च मुल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयले उनलाई चैत महिनाको बेष्ट पुलिस अफ दि मन्थ घोषणा गर्दै पुरस्कृत गरेको हो । 

diwas & nawraj

यस्तै, प्रहरी सहायक निरीक्षक कार्कीले चैत २१ गते मोरङको जहदा गाउँपालिका ७ का २७ बर्षीय उमेश कामतको घरबाट १०८८ केजी गाँजा बरामद गरेका थिए भने कामतलाई पनि पक्राउ गर्न सफल भएका थिए । उनको यो कार्यको पनि उच्च मुल्यांकन गर्दै चैतको बेष्ट पुलिस अफ दि मन्थ घोषणा गरि पुरस्कृत गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।