धरान: धरान उपहानगरपालिका वडा नं १७ स्थित पटनाली खोलाले गर्ने क्षति न्युनीकरण गर्न जनप्रतिनिधिसहित वाइसिएल र नेकपा माओवादी केन्द्रको सहकार्यमा श्रमदान भएको छ । 

वाइसिएल नेपाल १७ नम्बर वडा कमिटीको आयोजना तथा नेकपा माओवादी १७ नम्बर वडा कमिटीको सहकार्यमा शनिबार पटनाली खोलामा श्रमदान भएको हो । खोलाले बर्षेनी जग्गा कटान गरेर बगाउदै लगेर बस्ती पनि जोखिममा परेपछि श्रमदान गरेर तारजाली लगाएको जिल्ला समन्वय समिति सदस्य शेषकुमारी घिमिरेले बताइन् ।

तारजाली जिल्ला सिचाई कार्यालयबाट माग गरेर ल्याएको उनले बताइन् । खोलालाई च्यानलिङ गरेपनि बर्षामा पुरिने गरेकोले बाढी बस्तीतिर डाइभर्ट भएर कटान हुने जोखिम बर्षेनी भइरहेको पनि घिमिरेले बताइन् । 

ycl 1

वाइसिएल धरानका अध्यक्ष दिपक घिसिङले संगठनले २ महिने श्रम तथा उत्पादन कार्यक्रम अन्तर्गत श्रमदान अभियान गरिएको बताए । साउन १ गते वडा २० कालीखोला वन उपभोक्ता समुहमा विरुवा रोपेर श्रम तथा उत्पादन कार्यक्रम शुरुवात गरेको र त्यसैको निरन्रता पटनाली खोलामा श्रमदान गरिएको उनले बताए । ‘केन्द्रीय कमिटीको निर्णय अनुसार नै यहाँ पनि श्रमदान गरिएको हो । श्रम र उत्पादनमा लागेर जनतासँग जोडिने यो कार्यक्रम निरन्तर नै गछौं,’ उनले भने,‘यो क्षेत्रमा काम भइनै रहन्छ ।’

भिडियो: