हङकङ: १० औं अधिवेशनमा अध्यक्षका प्रत्यासी जयन्ती गुरुङ (संगीता)को नेतृत्वमा गैरआवासिय नेपाली संगठन (एनआरएनए) को समानान्तर कमिटी गठन भएको छ । 

हङकङको जोर्डनस्थित नमो बुद्ध धर्म आमा समुह गुम्बामा गुरुङको अध्यक्षतामा १४ सदस्यीय एनआरएनए हङकङको समानान्तर कमिटी घोषणा भएको हो ।  कमिटीमा कुल १९ सदस्यीय रहने र रिक्त पदमा आगामी बैठकबाट पुर्ति गर्ने अध्यक्ष गुरुङले जानकारी दिइन् ।

समानान्तर कमिटीको उपाध्यक्षमा नरेन्द्रराई गुरुङ, महासचिवमा भविन लिम्बु, सचिवमा रामचन्द्र सेन्च्युरी, कोषाध्यक्षमा विक्की थापा र महिला संयोजकमा सावित्री क्षेत्री चयन भएका छन् । यसैगरि, कार्यसमिति सदस्यहरुमा विन्दु शर्मा, लक्ष्मी संयक लिम्बु, ढुण्डीराज राई, रोशन लिम्बु, राजकुमार थापा मागर, प्रवेश लिम्बु र विन्दु पुन रहेका छन् । 

समानान्तर कमिटीका अध्यक्ष गुरुङले अधिवेशनमा उम्मेद्वारी दर्ता गर्दा देखिएको असभ्यता, त्रुटी र हङकङको नयाँ कानुन बमोजिम संस्था नचलेकोले अर्को कमिटी गठन गर्नुको विकल्प नभएको बताइन् । उनले भनिन्, “हङकङ रहेको एनआरयनकै कार्य समितिको लागि उम्मेद्वारी दर्ता गर्दा देखिएका असभ्यता, त्रुटी तथा हङकङको नयॅा कानून बमोजिम संस्था नचलेको तथा नेपाल सरकारले मान्यता दिएको केन्द्रिय कमिटीको बिरूद्ध रहेको साविक कार्यसमितिको आचरण रहेकोले बिधि बिधान नियमसंगत गर्न अर्को कमिटीको विकल्प रहेन ।”

हाल भैरहेको एनआरएन कुनै व्यक्ति बिशेषको भएको र सदस्यता पनि आइएमएस सिस्टमले हङकङका मानिसको महत्वपूर्ण कागजपत्र बिदेश पुराएकोले कारण उक्त कमिटीको औचित्य समाप्त भएको उनको भनाई छ । अध्यक्ष गुरुङले चाँडै नै हङकङको कानून बमोजिम सदस्यता बितरण गरि आगामी ६ महिना भित्र अधिवेशन गरिसक्ने लक्ष्य रहेको पनि जानकारी दिइन् । जोर्डनकै इण्डिन क्लबमा पनि अर्को समुहले अनु राईको अध्यक्षतामा एनआरएनए हङकङ गठन गरेको जनाएको छ ।