धरान: अन्तर डिएफसि मेन्स फिजिक्स च्याम्पियनसिपमा अनुप तामाङ उपाधि विजेता भएका छन् ।
धरान फिट्नेसले आयोजना गरेको प्रतियोगितामा अनुपले उपाधिसंगै नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पनि हात पारेका छन् । यस्तै, सोही प्रतियोगितामा विश्व लिम्वु दोस्रो र हितेस मगरले तेस्रो भए । उपविजेता बनेका लिम्बूले नगद १५ हजार र तेस्रो भएका मगरले नगद १० हजार, मेडल र प्रमाणपत्र हात पारे ।
धरान फिटनेस क्लवले आफ्ना खेलाडीहरुलाई प्रोत्साहन गर्न शुक्रवार आफ्नै हलमा डिएफसी मेन्स फिजिक्स च्याम्पियनसिप २०२५ को आयोजना गरेको थियो । च्याम्पियनसिपमा ११ जनाले सहभागिता जनाएका थिए । क्लबले हरेक बर्ष क्लबका सदस्यहरुबीच प्रतियोगिताको आयोजना गराउदै आइरहेको सञ्चालक एवं प्रशिषक कविरभगत प्रधानाङ्गले जानकारी दिए ।
आफ्नो क्लबका सदस्यहरुबीच विभिन्न विद्यामा प्रतिस्पर्धा गराउदा खेलाडीहरु प्रोत्साहित हुने साथै उनीहरुमा प्रतिस्पर्धाको अनुभव बढ्ने प्रधानाङ्गको भनाई छ । शुक्रवार सम्पन्न च्याम्पियनसिपमा पहिलो चरणबाट फाइनल चरणका लागि टप ६ खेलाडि छनौट गरिएको थियो ।
पहिलो ११ वाट फाइनल चरणमा अनुप तामाङ, विश्वास राई, हितेश मगर, सविन खनाल, आयुस कार्की र पदम लिम्वु प्रवेश गरेका थिए । उनीहरु मध्येबाट निर्णायकले पहिलो, दोस्रो र तेस्रो उपाधि विजेता घोषित गरेका थिए । उपाधि विजेता बाहेकका खेलाडीहरुलाई मेडल, प्रमाणपत्र र डिएफसीको तिन महिना फ्रि जिम सर्भिस कुपन प्रादान गरिएको थियो । च्याम्पियनसिपमा नविनराज प्रधान, ईश्वर उदास र सीता राई श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए ।
विजेता तथा उपविजेता खेलाडिहरुलाई मेन्स फिजिक्सका अन्तराष्ट्रिय उपाधि विजेता अवतार श्रेष्ठ, शारीरिक सुगठन संघका केन्द्रिय सदस्य विक्रम लिम्वु, कोशी प्रदेश अध्यक्ष केशव श्रेष्ठ, धरानका कार्यपालिका सदस्य विकास भाटीलगायतले पुरस्कार वितरण गरेका थिए । धरान ७ नम्बर वडाका अध्यक्ष जीवन सुवेदीको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिको रुपमा युवा संघ नेपाल केन्द्रिय सदस्य दिवस राई, डिजे ललित लगायत उपस्थिति रहेको थियो ।
तस्विरः बिकास चाम्लिङ राई