धरान: छैटौं साँस्कृतिक लाखेनाच प्रर्दशनी एवं प्रतियोगितामा धरान ८ स्थित नेवाः थपु गूठी उत्कृष्ट प्रथम भएको छ । 

नेवाः देय् दबू धरान उपमहानगर समितिले बिहिबार भानुचोकमा आयोजना गरेको लाखेनाच प्रर्दशनी तथा प्रतियोगितामा गूठी प्रथम भएको हो । प्रतियोगितामा कुल १३ वटा लाखेनाच समुह तथा संस्थाहरुले सहभागिता जनाएको थियो । प्रत्येक समुहलाई लाखेनाच प्रस्तुत गर्न पाँच मिनेटको समय दिइएको थियो । तोकिएको समय भित्र प्रस्तुत भएका लाखेनाचहरुमध्ये नेवाः थपु गूठीले प्रथम हुदै नगद पुरस्कार १५ हजार, ट्रफी र प्रमाणपत्र पनि हात पारेको छ । 

lakhe runnerup copy

यसैगरि, नेवा साँस्कृतिक कला पुचको लाखेनाच प्रस्तुतीले दोस्रो पुरस्कार हात पारेको छ । दोस्रो भएको टोलीले पुरस्कार वापत १० हजार नगद, ट्रफी र प्रमाणपत्र हात पार्यो ।  यस्तै, तेस्रो उत्कृष्ट प्रस्तुतीको पुरस्कार रत्न रोड युवा क्लब धरान २ ले हात पारेको छ । क्लबले नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पनि थापेको छ ।

आयोजक संस्थाका अध्यक्ष मनोहर शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हर्कराज राई (साम्पाङ) रहेका थिए भने विशिष्ट अतिथि एवं समाजसेवी सरला कायस्थबाट दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन भएको थियो ।

भिडियो:

 

lakhe 3rd copy

lakhe win copy

lakhe4 copy

lakhe3 copy

lakhe1 copy

lakhe2 copy

lakhe copy