धरान: मौलिक साँस्कृतिक झाँकीसहित धरानमा पनि आइतबार दिउँसो कृष्ण रथ यात्रा निकालिएको छ ।
धरान ३ स्थित कृष्ण मन्दिरबाट चन्द्रपुर जात्रा समितिको अगुवाईमा कृष्ण रथ यात्रा निकालिएको हो । यस्तै, वडा नं २ स्थित गीत मन्दिरबाट पनि अर्को रथ यात्रा निकालिएको छ । आज राती हिन्दु मान्यता अनुसार कृष्णले कंशको वध गर्नेछन् । लाखेलाई राक्षसकोरुप मानिने भएकोले कंशले वध गरेपछि औपचारिकरुपमा लाखेको विर्सजन पनि हुनेछ ।
रथ यात्राको क्रममा कृष्णको रथलाई लाखेहरुले रोक्ने प्रयास गरेका थिए । यो लाखे अर्थात कंश र कृष्णबीचमा घमासन लडाई भएको घटनालाई नाटकीयरुपमा प्रर्दशन गरिएको चन्द्रपुर जात्रा समितिका संयोजक अनिल मास्केले जानकारी दिए ।
भिडियो:
लाखेका धेरै प्रकारहरुमध्ये अहिलेको लाखेलाई मजिपा लाखे पनि भनिने मास्केले बताए । ‘यो गुँला लाखे पनि हो । यो महिना कृष्ण जन्माष्टमी पनि पर्छ, र नवमीको दिन विर्सजन गरिन्छ,’ उनले भने,‘लाखेलाई कंसको रुपमा पनि हेरिन्छ । आज कंसलाई बध गर्ने अथवा विर्सजन गर्ने दिन भएकोले कंसको रुप लाखे र कृष्णको बीच द्धन्द भएको नाटकीय महोल देखाएको हो ।’