धरान: आज (मंगलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्वको समापन गरिएको छ ।
सूर्यको पूजा आराधना गरी मनाइने छठपर्व हिजो सोमबार अस्ताउदो सूर्यलाई अर्घ्य दिइएको थियो । देशभरका नदी, पोखरीका किनारमा ब्रतालुहरु पुगेर सूर्यलाई अर्घ्य दिएका थिए । नदी तथा पोखरीका किनारमा पूजा आराधानासहित गाईको दुध, फूल र जलले उदाउदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने परम्परा छ ।
भिडियो:
छठपर्व मनाउन धरानको पनि सेउती र सर्दु खोलालाई सिंगारिएको थियो । छठपूजा गर्न दुवै खोलामा हजारौं भक्तजन, ब्रतालुहरुको घुँइचो लागेको थियो । साथै छठपूजा हेर्न जानेहरुको पनि भीड लागेको थियो ।












