धरान: डिपो माध्यमिक विद्यालय धरान-१८ र जोलसाया एकाडेमी धरान-११ बीचको उद्घाटन खेलमा आयोजक डिपो १- गोलले विजयी भएको छ ।

हिजो बिहिवार डिपो कपको उद्घाटन खेलको पहिलो हाफ गोलरहित भएको थियो । दोस्रो हाफको ११ औं मिनटमा डिपोका जर्सी नम्बर -१० का खेलाडी करन खड्काले गोल गरेका थिए । उनको गोल नै निर्णायक भयो । उक्त खेलमा करन खड्का म्यानअफ द म्याच भए । 

आज हुने पहिलो खेल एप्पल मन्टेश्वरी र नोवेल एकाडेमी बिच हुनेछ भने दोस्रो खेल सिध्दार्थ शिशु सदन र कार्मेल स्कुल बिच हुनेछ । साथै तेस्रो खेल समिट सेकेण्डरी स्कुल र आईडियल इङ्लिस बोर्डिङ स्कुलबीच हुने आयोजकले जनाएको छ ।