धरान: धरान-१६ स्थित सिटि चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले मानव सेवा केन्द्र धरानमा फलफूल तथा खाना वितरण गरेको छ ।
मन्टेश्वरीले मानव सेवा नै सबैभन्दा ठुलो धर्म हाे भन्ने शिक्षा तथा संस्कार सिकाउन साना विद्यार्थीहरुलाई प्रयोगात्मक कार्यक्रमकाे आयोजना गरेको मन्टेश्वरीकी निर्देशक ओमु राईले बताइन् । धरान-१६ मा अवस्थित मानव सेवा आश्रममा रहेका २७ जना व्यक्तिहरुलाई मंसिर २६ गते बिहानको खाना खुवाउनुकाे साथै फलफूल वितरण गरेको थियोे ।
आश्रममा अहिले पुरुषहरूलाई मात्रै आश्रय दिईरहेकाे र चाडै महिलाहरूकाे लागि छुट्टै भवनकाे तयारी हुदै गरेको मानव सेवा आश्रमकाे जिल्ला संयाेजक निर्मला दर्लामीले बताइन ।







