धरान: धरानबाट बराहक्षेत्रको नडाहातर्फ जादै गरेको कारमा गाँजा फेला परेपछि प्रहरीले २ जनालाई नियन्त्तणमा लिएको छ ।
गए मध्यराती बराहक्षेत्र नगरपालिका वडा नं.३ नडाहा धरान जंगलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र शसस्त्र प्रहरी बेस क्याम चतराबाट खटिएको संयुक्त चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
धरानबाट नडाहा तर्फ जादै गरेको बा. १८ च. ३८३४ नम्बरको कारमा चेकजाँच तथा खानतलासी गर्दा पछाडीको सिट र डिकिमा कालो प्लाष्टिक प्याक गरिएको अवस्थामा ५ वटा पोका फेला परेको थियो । उक्त पोकाभित्र गाँजा जस्तो देखिने पदार्थ १३० के.जी.फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार चालक ईटहरी उप(महानगरपालिका वडा नं.१७ पकलीका २४ बर्षीय करण साह र कारमा सवार बिराटनगर महानगरपालिका वडा नं.५ का २१ बर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुुसन्धान गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।







