धरान: नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य एवं भोजपुरका युवा नेता ध्रुव राई पार्टी परित्याग गरेर श्रम सँस्कृति पार्टीमा प्रवेश गरेका छन् । 

केही समयदेखि एमाले पार्टीसँग असन्तुष्ट रहेका राई आज (बुधबार) धरानको भानुचोकमा आयोजित सवारी चालकहरुलाई सम्मान कार्यक्रममा औपचारिकरुपमा श्रम सँस्कृति पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । 

उनी लोकतान्त्रि किरात राई संघ कोशी प्रदेशका अध्यक्ष पनि थिए । राई २०७४ सालको स्थानीय तह निर्वाचनमा भोजपुरको टेम्के मैयुङ गाउँपालिका अध्यक्षमा एमालेबाट निवार्चित भएका थिए । २०७९ मा भने उनी कांग्रेसका सरोज बस्नेतसँग पराजित भएका थिए ।

bhanuchowk

सोही कार्यक्रममा जनमुक्ति पार्टीका केन्द्रीय सदस्य राजेश खिम्दुङ पनि श्रम सँस्कृति पार्टीमा प्रवेश गरेका थिए । नेपाली कांग्रेस परित्याग गरि धरान ११ का अरुण कटवाल पनि श्रम सँस्कृति पार्टीमा प्रवेश गरेका छन् । पहिचानका लागि युवा सुनसरी जिल्ला संयोजक राजुके राई पनि पार्टी प्रवेश गरेका छन् । 

जनताले छोडिसकेको पार्टी मैले पनि त्यागे: राई

एमाले छोडेका नेता राईले हर्क साम्पाङको कामबाट प्रभावित भएर श्रमसँस्कृति पार्टीमा लागेको बताए । साथै, धेरै एमाले कार्यकर्ताहरुले पार्टी छोडिसकेकोले आफुले पनि छोडेर श्रम सँस्कृति पार्टीमा प्रवेश गरेको बताए । 

dhrub rai

‘मलाई गर्व लागि रहेको छ, मेरो आफ्नै भाईले त डेढ बर्षअघि नै एमाले छोडिसकेको रहेछ,’ उनले भने,‘हर्क साम्पाङलाई काँधमा जुरुक्कै बोकेर हिड्न उपस्थित भएको छुँ ।’ एमाले छोड्न लागेपछि केहीले हर्क साम्पाङलाई पनि तिमी नेता माग्छौं ? भनेर प्रश्न गरेको प्रसंग निकाल्दै राईले भने,‘केपी ओलीलाई नेता माग्दा हर्क साम्पाङलाई नेता मान्नु कुन ठुलो कुरा भयो ?’

उनले जनताले समेत छोडिसकेको पार्टी (एमाले)मा बस्नुभन्दा हर्क साम्पाङ जस्ता इमान्दरहरुको, किसानहरुको, श्रमजिवीहरुको पार्टीमा लाग्ने उद्घोष गरेको बताए । ‘आजबाट जे जिम्मेवारी दिएर अघि बढाउनुहुन्छ, म त्यसको पुर्णरुपको पालना गर्नेछु र जनतालाई घात गर्ने छैन,’ उनले भने ।

जनमुक्ति त्यागेका खिम्दुङले भ्रष्टहरुले देश डुबाएको कारणले इमान्दर व्यक्तिहरुको पार्टीमा प्रवेश गरेको बताए । उनले हर्क साम्पाङलाई प्रधानमन्त्री बनाएर जनताको समस्याहरु समाधान गर्ने बताए । 

कांग्रेस परित्याग गरेका अरुण कटवालले आफुले धेरै अघिदेखि कांग्रेस छोडिसकेको खुलाउदै इमान्दरहरुको पार्टी, काम गर्नेहरुको पार्टीमा प्रवेश गरेको बताए ।

भिडियो:

भिडियो: