धरान: श्रम सँस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष मित्र परियारलाई पार्टीले निलम्बन गरेको छ । 

पार्टीका अध्यक्ष हर्कराज राईले आज (सोमबार) एक विज्ञप्ती जारी पदबाट निलम्बन गरिएको जानकारी दिएका छन् । अध्यक्ष राईले जारी गरेको विज्ञप्तीमा उपाध्यक्ष परियारलाई निलम्बन गर्नुपर्ने दुई कारण खुलाएका छन् । 

पहिलो कारणमा, ‘पुष ५ गते बुटबलमा आयोजित आमसभामा आयोजक माथि आचारसंहिता वर्खिलाप हुने गरी अभद्रशैलीमा सावर्जनिक अभिव्यक्ति दिनु’ भन्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै, दोस्रो कारणमा सोही आमसभामा जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेको पनि विज्ञप्तीमा खुलाइएको छ ।  

shram

बुटवलको आमसभा सकिएको केही समयपछि नै अध्यक्ष राईले सामाजिक सञ्जाल फेसबुकमा सोही कारण खुलाउदै कारबाही गरिएको भनेका थिए । तर, कस्तो कारबाही गरिएको हो भनेर राईले खुलाएका भने थिएनन् । दुई दिनपछि पार्टीको लेटरप्याडमा विज्ञप्ती नै जारी गर्दै अध्यक्ष राईले उपाध्यक्ष परियारलाई निलम्बन गरेको सार्वजनिक गरेका हुन् । 

श्रम सँस्कृति पार्टीमा कोही नेता या कार्यकर्ता नरहने, सबै श्रमदाता रहने पनि खुलाएका छन् । साथै, पार्टीमा कोही कसैले 'केन्द्र समितिको हुँ' भन्दै आवद्ध सदस्यहरुलाई अपमान गर्ने किसिमको अभिव्यक्ति र व्यवहार गरे यस्तै कारबाही गर्ने पनि चेतावनी दिएका छन् । 

butwal harka

परियारलाई मंसिर अन्तिम साता काठमाण्डौंमा बसेको केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको थियो । बुटवलमा पुष ५ गतेको आमसभामा प्रमुख अतिथि रहेका धरानका मेयर राईले सम्बोधन गरिसकेपछि उपाध्यक्ष परियारलाई मन्तव्य गर्न निमन्त्रणा गरिएको थियो । त्यसबेला पार्टी अध्यक्ष राई भने स्टेजबाट तल झरेर अबिर लगाउदै पार्टी प्रवेश गराइरहेका थिए । आफ्नो भाषण सुन्नुभन्दा पार्टी अध्यक्षको हातबाट टिका लगाउन र फोटो खिच्न सहभागीहरुको भिड लागेपछि उपाध्यक्ष परियारले ‘मैले बोल्न पाउनुपर्छ, ध्यान अन्ततिर मोडिनुहुदैन’ भन्दै आयोजकले सेड्युलमा गल्ती गरेको भन्दै चर्को आक्रोश पोखेका थिए ।


भिडियो:

भिडियो: