धरान: नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीको धरान उपमहानगर समिति गठन भएको छ । 

शनिबार धरानस्थित ह्वाइट डोभ होटलमा भएको भेलाले सञ्जोग राईलाई धरान उपमहानगर समितिको अध्यक्ष परिषदमा चयन गरेको छ भने सचिवमा जेनिस राई चयन भएका छन् । पार्टीको विधान वमोजिम थप अरु दुई अध्यक्ष परिषद पछि थपिने पनि उक्त पार्टीले जानकारी दिएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रका नेता जर्नादन शर्मा, सुदन किरातीलगायतले पार्टी एकताको प्रक्रियाबाट अलग रहेर गत महिना मात्र यो पार्टी गठन गरेका हुन् । 

पार्टीको धरान उपमहानगर समिति सदस्यहरुमा हेमन राई, अनिल श्रेष्ठ, जगत राई, सुजता राई, सपना बानियाँ, नरेश चौधरी, सुनिता तामाङ, सन्तोष राई, नवराज राई, दुर्गा राई, दीपा राई, बृषिका गजमेर, सुरेन राई र केशव योङहाङ चयन भएका छन् । 

नगर समिति गठनसँगै पार्टीले युवा पुस्ता तथा जेनेरेशन जेडको चासो र आवश्यकतालाई बिशेष ध्यान दिने जनाएको छ । पार्टीको गतिविधिहरु वडा तहसम्म विस्तार गर्ने, जनसम्पर्क कार्यक्रम सञ्चालन गरिने तथा जनताको दैनिक समस्या पहिचान गरि समाधानतर्फ पहल गर्ने पनि जनाएको छ । 

pragatisil1

उक्त भेलाको प्रमुख वक्ता पार्टीका केन्द्रीय सदस्य सालिक सतासक रहेका थिए भने स्वागत मन्तव्य केन्द्रीय सदस्य मनिता राई (जाइका वान्तवा)ले राखेका थिए । केन्द्रीय वक्ताहरुले पुराना राजनीतिक अभ्यासले जनताको अपेक्षा पुरा गर्न नसकेको र वर्तमान राजनीतिक अवस्थाप्रति जनतामा निराशा बढ्दै गएको धारणा राखेका थिए । उनीहरुले स्पष्ट नीति, इमान्दार नेतृत्व र उत्तरदायी राजनीतिक सँस्कार आवश्यक रहेको पनि धारणा राखेका थिए । 

साथै उनीहरुले प्रगतिशिल लोकतान्त्रिक पार्टी जनताको पक्षमा वैकल्पिक राजनीतिक शक्तिकारुपमा अगाडि बढेको पनि उल्लेख गरे । राजनीतिमा पुराना र दोहोरिएको नेतृत्व भन्दा माथि उठेर नयाँ सोच, नयाँ उर्जा र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकता दिने नीति लिएको पन िपार्टीले जनाएको छ । युवा नेतृत्वले मात्र आगामी दिनमा समाजमा वास्तविक परिवर्तन ल्याउन सक्ने विश्वास पनि पार्टीका नेताहरुले व्यक्त गरेका छन् ।