धरान: संविधानसभा सदस्य कृष्णकुमार राईको निधन भएको छ । 

राईको करिब ८० बर्षको उमेरमा आज (आइतबार) काठमाण्डौंस्थित निवासमा निधन भएको हो । धरान वडा नं १० का वडाअध्यक्ष विवेक राईका अनुसार अपराह्न पौने ५ बजे निधन भएको थियो । स्वर्गीय राई धरान वडा नं १० निवासी पनि हुन् । 

स्वर्गीय राई पञ्चायतकालमा धरानका प्रधानपञ्च र सहायक मन्त्रीसमेत भएका थिए । उनी २०३५ देखि २०४१ सालसम्म प्रधानपञ्च भएका थिए । २०४६ सालको राजनैतिक परिवर्तन पछि राप्रपामा रहेका उनी पछिल्लो समय एमालेमा थिए । दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट उनी निवार्चित भएका थिए ।