धरान: नेपाल मोवाइल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्षमा लोकमान तामाङ चयन भएका छन् । 

महासंघको आइतबार धरानमा सम्पन्न साधारणसभा एवं प्रथम अधिवेशनले तामाङका अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा युवराज निरौला, उपाध्यक्षमा मनोज ढकाल चयन भएका छन् भने महासचिवमा आशिषराज यादव, कोषाध्यक्षमा विमला खतिवडा र सचिवमा गुणराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । 

यस्तै, सदस्यहरुमा निकेश कटुवाल, सन्तोष शर्मा, सहदेव खड्का, कृष्ण गोपाल निरौला, मनोज खड्का, राम चन्द्र खड्का, अर्जुन बर्देवा, सम्राट शाक्य, दिपक दुलाल, रमेश कटुवाल, रुजन श्रेष्ठ, गणेश श्रेष्ठ, लोकेन्द्र बुढाथोकी र रुपेश मगर चयन भएका छन् ।

mobile sangh

उद्घाटन समारोहका प्रमुख अतिथि एव्ं कोशी प्रदेशका प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले नेपालको तीन खम्बे अर्थनीतिमध्ये एक निजी क्षेत्रको संरक्षण र प्रर्वद्धन आवश्यक भएको बताए । जेन जी आन्दोलनको क्रममा भदौ २४ गते निजी क्षेत्रले धेरै क्षति भोग्नुपरेको र पलायन हुने अवस्था बनेको पनि उनले बताए । प्रदेश सांसद बस्नेतले व्यवसायीहरुको हकहितको लागि कस्तो निजी आवश्यक पर्ने हो भनेर निष्कर्षसहित आएमा पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । 

बिशिष्ट अतिथि एवं धरानका उपप्रमुख अईन्द्र बिक्रम बेघाले सही काम र व्यवसायिक हितको लागि राज्यसँग लड्न पनि पछि नपर्न र आफ्नो पनि साथ रहने बताए ।  व्यवसायी महासंघका केन्द्रय अध्यक्ष भरत भट्टराईले मोवाइल व्यवसायीहरुको व्यवसायिक हकहितको लागि नितीगत पहल गरेपनि राज्यको निकायहरुबाट वेवास्ता भइरहेको बताए । उनले स्वदेशी उद्योगको उत्पादनलाई व्यवसायी, उपभोक्ता र राज्यबाट पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।