धरान: खानेपानीको समस्या हल गर्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा खनिएको वेलबाट उत्पादन भएको खानेपानीलाई वितरण गर्न धरानका नागरिक अगुवाहरुले कार्यवाहक नगर प्रमुख एवं खानेपानी बोर्डका अध्यक्ष अइन्द्रबिक्रम बेघालाई आग्रह गरेका छन् । 

सामाजिक अभियन्ता महेश श्रेष्ठसहितका अगुवाहरुले बिहिबार कार्यवाहक प्रमुख एवं बोर्डका अध्यक्ष बेघालाई भेटेर यस्तो आग्रह गरेका हुन् । श्रेष्ठले प्रदेश सरकारको बजेटबाट खनिएको वेलबाट ५० लाख लिटर पानी उत्पादन भएपनि अघिल्लो नेतृत्वले वितरण गर्न इच्छा नदेखाएको बताए । 

उनले भने,‘बोरिङ गरेर लगभग ५० लाख लिटर पानी उत्पादन हुने गरि राखिएको अवस्था छ । त्यो पानीलाई वितरण गर्न जोडियोस् भन्ने हामी धराने जनताको माग हो ।’ श्रेष्ठले खानेपानीको क्षेत्रमा चन्दा संकलन गरेर साथै बजेटमार्फत भएको लगानीको पनि पारदर्शिता गर्न उनले माग गरेका थिए । 

बोर्डलाई पारदर्शी बनाउछौं:बेघा

कार्यवाहक नगर प्रमुख एवं खानेपानी बोर्डका अध्यक्ष बेघाले पानीमा राजनीति हुन नहुने धारणा राख्दै बोर्डको गतिविधि, कामकारबाहीलाई पारदर्शी बनाउने बताए । 

begha aendra

उनले धरानको पानीको कुन स्रोतबाट केकति पानी आउछ भनेर तथ्यसहित पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गर्ने पनि बताए । ‘कुन स्रोतबाट चैतमा कति पानी आउछ, अरु बेला कति आउछ भनेर तथ्यसहित पत्रकार सम्मेलन गरेर नै देखाउछौं,’ उनले भने,‘हाम्रो प्रत्यत्न धरानको खानेपानी व्यवस्थापन राम्रो गर्न प्रत्यन्त गछौं, टिमवर्क पनि गछौं ।’

बेघाले भएको स्रोत साधनबाट आएको पानीलाई व्यवस्थित र न्यायोचित ढंगले वितरण गर्ने पनि बताए । ‘हिसाब किताब पनि अघिल्लो कार्यकालमा भएको जानकारी गराउछौ, हाम्रो कार्यकालको पनि प्रत्येक महिना जसो नै सार्वजनिक गर्ने प्रयत्न गछौं,’ उनले भने,‘पारदर्शी मुखले मात्र भएर हुदैन, व्यवहारमा पनि देखिनुपर्छ । पानी यो महिनामा कति लाख लिटर पानी आएर वितरण भयो, त्यो जानकारी जनतालई हुनुर्छ । कति राजश्व उठ्यो, कति सामान टुटफुट भएर खर्च भयो त्यो पनि देखाउने प्रतिवद्धता जनाउछुँ ।’

बेघाले नागरिकको स्वास्थ्यलाई प्रतिकुल हुने गरि पानी वितरण गर्न नपाइने भन्दै अघिल्लो कार्यकालमा स्वास्थ्यकर पानी वितरण भएको विश्वास आफुलाई रहेको बताए । उनले प्रदेशको वेलबाट पनि के कति पानी उत्पादन भएको छ भनेर तथ्यांक निकालेर नै सार्वजनिक गर्ने र वितरण गर्ने बताए । 

भिडियो :