धरान: दोस्रो आइबिए प्रो एण्ड एमेच्योर धरान बक्सिङ फाइट नाइट २०२६ मा प्रो.तर्फ चर्चित अन्तराष्ट्रिय खेलाडी सिंहविर लिम्बुसहित तीन जना धरानका बक्सर विजेता भएका छन् भने एक जना बक्समाण्डुका खेलाडी विजेता बनेका छन् । 

धरान बक्सिङको आयोजनामा शुक्रबार राती धरान १५ स्थित चुम्लुङ हिममा सम्पन्न फाइट नाइटमा सिंहविरले प्रो.५७ केजीमा एपिएफका प्रदिप महर्जनलाई हराए । चार राउण्डको भिडन्तमा सिंहविरले पोइन्टको आधारमा ३–१ को जित हात पारे । उनी गत बर्ष सम्पन्न फाइट नाइटको पहिलो सँस्करणमा पनि विजेता भएका थिए । 

boxing 1

यस्तै, महिला प्रो.फाइटमा पनि धरानको प्रतिनिधित्व गर्दै खेलेकी प्रमिशा श्रेष्ठ ५१ केजी फाइटमा जित हासिल गरिन् । उनले ५–० अंकको नजितामा एफिएफकी नाङ्जा बुढा मगरलाई पराजित गरिन् । धरान बक्सिङ फाइट नाइटमा गत बर्ष महिला खेलाडी सहभागी थिएनन् । दोस्रो सँस्करणमा २ जना महिला खेलाडीहरु सहभागी भएका हुन् । 

यसैगरि, ६४ केजी प्रो.तर्फ धरानका अनिष भुजेलले मकवानपुरका सोहन राईलाई हराउदै विजेता भए । अनिषले ३–२ अंकले सोहनलाई पराजित गरे । ह्याभीवेट प्रो.८० केजीमा भने बक्समाण्डु काठमाण्डौंका मनोज तामाङ विजेता बने । उनले नेपाल पुलिस क्लबका प्रदिप पाकीलाई ५–० अंकले पराजित गरे । प्रो.फाइटतर्फका विजेताहरुले जनही नगद ५० हजार र उविजेताहरुले जनही नगद २५ हजार हात पारे । 

boxing fight

यस्तै, एमेच्योर फाइटतर्फ ४९ केजीमा धरानका मौषम राईलाई हराउदै धनकुटाका अविनाश राई विजेता भए भने ५१ केजीमा उदयपुरका ललितबहादुर तामाङलाई हराउदै धरानका आयुष लिम्बु विजेता भए । यसैगरि, ५७ केजीमा धरानका अनिष राईले धरानकै नवहाङ राईलाई पराजित गरे भने ६० केजीमा सिजिजिका विनोद नगर्जीले धरानका युनिक राईलाई हराए । यस्तै, ६५ केजीमा आरडिएसका रोमश श्रेष्ठले धरानका नाम्साङ लिम्बुलाई हराए । एमेच्योरतर्फका विजेताहरुले जनही नगद १० हजार र उपविजेताले नगद ५ हजार पाए ।

भिडियो:

boxing1 1

boxing3 2

boxing2 1

boxing4 1