धरान: कुमार लिङ्देन अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चुनावी घोषणा पत्र र सुनसरी क्षेत्र नं १ का उम्मेद्वारको पनि प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । 

धरान १९ स्थित पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दे मञ्चको राष्ट्रिय चुनावी घोषणा पात्रसहित सुनसरी १ का उम्मेद्वार राजकुमार लिम्बू (प्रिन्स)को प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । फागुन २१ गतेको निर्वाचनमा मञ्चबाट मञ्चबाट प्रत्यक्षमा उम्मेद्वारी दिएका ३१ बर्षीय लिम्बू सुनसरी १ का २६ उम्मेद्वार मध्ये सबैभन्दा कान्छा उम्मेद्वार हुन् । उनको चुनाव चिह्न दापसहितको खुकुरी हो । 

पत्रकार सम्मेलनमा मञ्चका प्रान्तीय महासचिव भुपेन्द्र सुन्दर लावतीले १२ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए । उनले नेपालको संविधानमै विश्वको कथित दुई ध्रुव (वाद)को कतै पनि संलग्न नहुने असंलग्न देश हो भनेर उल्लेख गर्ने एजेण्डा रहेको सुनाए । 

bhupendra copy

यस्तै, जनताबाट चुनिएको कर्मचारीतन्त्रको सृर्जनाशुन्य शासनलाई अन्त्य गर्न ७७ जिल्लाको सिडिओ सिस्टम खारेज गरी प्रान्तबाट केन्द्रतिर अधिकार दिने पुर्ण संघात्मक शासन लागु गर्ने, जन जी आन्दोलनलाई सम्मान गर्दै सन्तुलित प्रत्यक्ष निवार्चित राष्ट्रपति प्रणाली (सेना चलाउने र विदेशसँग सन्धी गर्ने अधिकार संसदलाई ) लागु गर्नेलगायत चुनावी एजेण्डामा समावेश गरिएको लावतीले बताए । 

यस्ता छन् सुनसरी १ का उम्मेद्वार लिम्बूको प्रतिवद्धताहरु

सुनसरी १ मा मञ्चबाट प्रत्यक्ष उम्मेद्वार बनेका राजकुमार लिम्बु (प्रिन्स)ले पनि आफ्ना १२ बुँदे प्रतिवद्धताहरु सार्वजनिक गरेका थिए । उनले आफु धरानलाई पुर्वकै सुन्दर तथा पर्यटकीय क्षेत्र बनाउन र स्थानीयबासीहरुलाई व्यापकरुपमा रोजगारी सृर्जना गर्न २२ बर्षकै उमेरमा लुक्वा फेमिली रिसोर्ट सञ्चालन गरेर स्थानीयबासीलाई रोजगारीसमेत दिइरहेको बताए । 

rajkumar copy

जेन जी आन्दोलनको मर्म अनुसार नै पार्टीले युवा उम्मेद्वार खडा गरेको भन्दै उनले राज्यबाट अधिकारविहिन बनाइएका ७० प्रतिशत समुदायलाई सम्बोधन हुनुपर्ने बताए । देश संकटमा परेको बेला केही उम्मेद्वारहरु भने नाचगानमा रमाइरहेको पनि उनले आरोप लगाए । भुमीलाई माया गर्ने दल मञ्च भएको दाबी गर्दै लिम्बुले विसंगति, भ्रष्टचार विरुद्ध सधै आवाज उठाइरहेकोले पुरानो नभएको पनि बताए।

उनले आफ्नो प्रतिवद्धता पत्रमा सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय लगानीलाई भित्र्याउन पहल गर्ने, उद्योगहरु निर्माण तथा सञ्चालन गरेर स्थानीयबासीहरुलाई रोजगारीको व्यवस्था गर्ने समावेश गरिएको बताए । सुशासन, जनउत्तरदायी राजनीति, पारदर्शी जवाफदेही, भ्रष्टारमुक्त शासन प्रणालीमा आफ्नो प्रतिवद्धता रहेको लिम्बुको भनाई थियो ।

saraswati subba copy

उनले जनतासँग् नियमित संवाद गर्ने, जनगुनासोलाई संसदमा सशक्तरुपमा उठाउने, सेउती र सर्दु खोलाको वारीपारी करिडोर खोल्न बिशेष पहल गर्ने साथै त्यहाँका स्थानीयबासीहरुलाई राज्यमार्फत संरक्षण गर्न पहल गर्ने पनि उम्मेद्वार लिम्बुको चुनावी प्रतिवद्धतामा उल्लेख छ ।

धरानको वडा ४, ५, ११, १७ र २०, बराहक्षेत्रको वडा नं १ देखि ५ सम्म, रामधुनीको वडा नं ६ र ७ सडक सञ्जाललाई बिशेष प्राथमिकता दिने, धरानको होटल व्यवसाय चौबिसै घण्टा सञ्चालन गरेर रोजगारी उपलब्ध गराउदै आर्थिक उन्नति गर्ने, सुनसरी १ का सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने, जग्गा धनीपुर्जाको लागि पहल गर्ने साथै अतिविपन्न घर निर्माण तथा वितरण गर्ने पनि आफ्नो चुनावी एजेण्डा रहेको लिम्बुले बताए । कार्यक्रममा समानुपाति उम्मेद्वार सरस्वती सुब्बा, मुक्कुमलुङ संरक्षण संघर्ष समितिका संयोजक श्री लिङ्खीमले पनि मन्तव्य राखेका थिए । 

भिडियो: