धरान: सुनसरी क्षेत्र नं १ को निर्वाचनमा खसेको मतमध्ये ४३५१ मत गणनाको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म रास्वपाकी सरिन तामाङ (गोमा) ले २१६२ मत पाएकी छिन् भने श्रम सँस्कृति पार्टीका हर्कराज राई (साम्पाङ)ले ८१६ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ४४१ मत पाउदा राप्रपाका उद्धव श्रेष्ठले २५३ मत पाएका छन् ।
यस्तै, नेकपा एमालेका टिकाराम लिम्बूले २३० मत पाउदा नेपाली कम्युनिष्ट पार्टीका मनोज भट्टराईले १७६ मत पाएका छन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार धरानको वडा नं १ को १९६१ र वडा नं २ को १३९० मत गणना सम्पन्न भइसकेको छ भने वडा नं ३ को भानुस्मृति मावि मतदानस्थलको १००० मतको परिणाम पनि सार्वजनिक भएको हो । वडा १ मा ८१ मत वदर भएको थियो भने वडा २ मा ४५ मत वदर भएको थियो । सुनसरी १ मा कुल ८८ हजार ३७२ मत खसेको छ ।
भिडियो:





