धरान: हिजो सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना निक्कै ढिलो गरि शुरु भएको छ । 

धरान ८ सभागृहतस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजे सर्वदलीय बैठक बसेर बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने निर्णय भएको थियो । तर, मतगणना भने दिउँसो १ बजेदेखि मात्र शुरु भएको हो । मतगणनामा सहभागी हुने राजनीतिक दल तथा उम्मेद्वारहरुको परिचयपत्र तयारीको कारण गणना ढिला भएको कार्यालयले जनाएको छ । 

election count1

राजनीतिक दलहरुबीच पहिला धरान क्षेत्रका वडाहरुको मतगणना गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार वडा नं १ को २ वटा मतपेटिका खोलिएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिएका छन् । प्रत्येक दुई घण्टामा मतगणनाको नतिजा सुनाउने सहमति भएको सर्वदलीय बैठकमा भएको छ । 

election count3

सुनसरी १ मा कुल १ लाख ५० हजार ३९३ मतदाता भएकोमा कुल ८८ हजार ३७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खसेको मतमध्ये ४७ हजार ९०८ महिला मतदाताहरुले मतदान गरेका छन् भने ४० हजार ४६४ पुरुष मतदाताहरुले मतदान गरेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिएका छन् । 

भिडियो: