धरान: जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी (जेआरडब्लुएस)को एक साताअघि सम्पन्न भएको अधिवशेनबाट निवार्चित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सोसाइटीको नवनिवार्चित कार्यसमितिको शुक्रबार डेन्टल क्यान्टिनमा १३ औँ कार्यकाल हस्तान्तरण तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

सोसाइटीको अधिवेशनबाट डा. विष्णु खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो । उक्त कार्यसमितिको उपाध्यक्षमा डा.निशा भट्टराई, सचिवमा डा.सुमन डंगोल, सहसचिव नितेश सिंह र कोषाध्यक्ष डा.रवि रञ्जित साह निवार्चित भएका छन् । अधिवेशनबाट यसैगरि, सदस्यहरुमा डा.रोशन श्रेष्ठ, डा.सन्तोष चौधरी, डा.दिक्षा श्रेष्ठ, डा.रोशन कार्की,  डा.हेमन्त श्रेष्ठ, डा.प्रकृति काफ्ले, डा.विरेन्द्र मण्डल र डा.नयन न्यौपाने निवार्चित भएका छन् ।

jrws1

नेतृत्व हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिकोरुपमा एशोसिएट प्राफेसर डा.मधुर बस्नेत, बिशेष अतिथिकोरुपमा डा.सुर्यप्रसाद रिमालको उपस्थिति रहेको थियो । साथै, निर्वाचन समिति संयोजक एवं शिक्षक कल्याण समाजका अध्यक्ष प्रोफेसर डा.सेराज अहमद खानसहित समितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि डा. बस्नेतले संस्थाको स्थापना र ऐतिहासिक यात्रालाई स्मरण गर्दै जुनियर रेजिडेन्टहरूको पेशागत विकास र हितको लागि खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पारेका थिए । यस्तै, विशेष अतिथि डा. रिमालले रेजिडेन्ट भत्ता सुनिश्चित गर्न सोसाइटीले खेलेको भूमिकाको प्रशंसा गर्दै रञ्जना फण्ड जस्ता पहलहरूको सराहना गरेका थिए । शिक्षक कल्याण समाजका अध्यक्ष प्रो.खानले पनि सोसाइटीको रचनात्मक भूमिकाको प्रशंसा गर्दै विभिन्न तालिम तथा अन्य शैक्षिक कार्यक्रमहरूमा शिक्षक कल्याण समाज, विद्यार्थी कल्याण समाज र सोसाइटीबीच निरन्तर सहकार्य रहने बताए । 

jrws2

सोसाइटीका निवर्तमान अध्यक्ष डा.तरानुम बानोले अघिल्लो कार्यकालका उपलब्धि तथा चुनौतीहरू प्रस्तुत गरेका थिए । नव–निर्वाचित अध्यक्ष डा. खरेलले धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिले जुनियर रेजिडेन्टहरूको कल्याणका मुद्दामा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रमका क्रममा सोसाइटीका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन ६ वटा कार्यगत विंग गठन गरिएको घोषणा पनि गरिएको थियो । मानसिक स्वास्थ्य तथा सहकर्मी सहयोग, सांस्कृतिक तथा खेलकुद, शैक्षिक तथा अनुसन्धान, जनसञ्चार तथा नीति सुधार, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्व तथा व्यवस्थापन तथा लजिस्टिक्स विंग गठन गरिएको जनसञ्चार तथा नीति सुधार विंगकी मास कम्युनिकेशन लिडर डा.मोनिका राठीले जानकारी दिइन् । 

jrws3

सोसाइटीको मानसिक स्वास्थ्य तथा सहकर्मी सहयोग शाखामा कोअर्डिनेटरकोरुपमा डा.भिमकला नेम्बाङ, डा.प्रकृति पन्त र कार्यसमितिबाट डा.रोशन श्रेष्ठ रहेका छन् । यस्तै, सास्ँकृतिक तथा खेलकुद शाखामा कोआर्डिनेटरकोरुपमा डा.उरुसा खड्का, डा.मनिष लाखे छन् भने कार्यसमितिबाट डा.रोशन कार्की रहेका छन् । जनसञ्चार तथा नीति सुधार शाखामा कोअर्डिनेटरकोरुपमा डा.मोनिका राठी र डा.कौशल ओली रहदा कार्यसमितिबाट डा.नयन न्यौपाने रहेका छन् ।

स्वास्थ्य तथा सामाजिक उत्तरदायित्व शाखामा कोअर्डिनेटर डा.प्रगति राणा र डा.सुमेरु थापा तामाङ छन् भने कार्यसमितिबाट डा.हेमन्त श्रेष्ठ रहेका छन् । व्यवस्थापन तथा लजिष्टिक शाखामा कोअर्डिनेटरमा डा.अरबिन कुमार ठाकुर शर्मा र डा.गौरव खनाल रहदा कार्यसमितिबाट डा.सन्तोष चौधरी रहेका छन् । यसैगरि, शैक्षिक तथा अनुसन्धान शाखामा कोअर्डिनेटर डा.समिक सिंह र डा.सचिन अवस्थी रहदा कार्यसमितिबाट डा.दिक्षा श्रेष्ठ रहेकी छिन् ।