धरान: २०७४ सालमा धरानको वडा नं ९ मा नेकपा एमालेबाट वडाअध्यक्ष जितेको रत्नबहादुर कटवालले मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । वडाअध्यक्षबाट आइतबार नै राजिनामा दिएका कटवालले आज (सोमबार) मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनले पार्टीको निर्णय विपरीत गएर उम्मेद्वारी दिएकाले उनलाई कारबाह ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज पनि उम्मेद्वारी मनोनयन दर्ता भइरहेको छ । धरानमा पनि सत्ता गठबन्धन दल, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपासहितका दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ । हिजो पहिलो दिन साना तथा स्वतन्त्र उम्मेद्वार ...
धरान: गठबन्धनबाट धरानको उपमेयरमा माओवादी केन्द्रले अइन्द्र बिक्रम बेघालाई उम्मेद्वार बनाएको छ । गठबन्धनको भागवण्डामा धरानको मेयर कांग्रेसले पाएको छ भने उपमेयर माओवादी केन्द्रले पाएको छ । आज उम्मेद्वारीको अन्तिम दिन माओवादी केन्द्रले बेघालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रका ...
धरान: नेपाली कांग्रेसले धरानको मेयरमा किसोर राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । आज उम्मेद्वारी मनोनयन गर्ने अन्तिम दिन विराटनगरस्थित प्रदेश समितिले धरानको मेयरमा राईलाई उठाउने निर्णय गरेको हो । राई संस्थापन पक्षका नेता हुन् । धरानको मेयरमा कांग्रेसका प्रदेश १ महामन्त्री उमेश थापा, मेयर त ...
धरान: धरानको वडा नं १४ को वडाअध्यक्षबाट राजिनामा दिएका कांग्रेस स्थानीय नेता कृष्णप्रसाद भट्टराई राप्रपा प्रवेश गर्ने तयारीमा छन् । वडाअध्यक्षमा उम्मेद्वारका आकांक्षी भएपनि पार्टीबाट टिकट नपाउने अवस्था भएपछि उनी राप्रपा प्रवेश गर्ने तयारीमा छन् । उनले कांग्रेस छोडेर राप्रपाबाट अध्यक्षको उम्मेद ...
धरान: सत्ता गठबन्धनबाट स्थानीय तह निर्वाचनमा इटहरीको उपमेयरमा नेकपा एकीकृत समाजवादीले नेता केवश विष्टलाई उठाउने भएको छ । समाजवादीको केन्द्रीय सदस्यसमेत रहेका विष्टलाई उपमेयरमा उठाउने निर्णय अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गरेका छन् । आज बिहान बसेको बैठकले इटहरीको उपमेयरमा विष्टसहित समाजवाद ...
धरानः सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले धरानको मेयर र उपमेयरका उम्मेद्वार आजसम्म पनि टुंगो लगाउन सकेको छैन। बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज उम्मेद्वारी मनोनयनको अन्तिम दिन हो । धरानमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी गठबन्धन छ भने ...
धरान: गठबन्धनबाट अलग्गिएको जनता समाजवादी पार्टी (जसपा) ले धरानको मेयर र उपमेयरको उम्मेद्वार तय गरेको छ । जसपाले मेयरमा ताजुब लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपमेयरमा विना कुमारी राई (पुमा)लाई उम्मेदवार बनाउने भएको छ । मेयरका उम्मेद्वार लिम्बु जसपाको धरान उपमहानगर कमिटी अध्यक्ष ह ...
धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा उम्मेदवारी दिनेको संख्या ४ पुगेको छ । धरानको निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गर्ने पहिलो दिन आइतबार एक स्वतन्त्रसहित ५ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका छ ...
धरान: नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको मेयरमा टिकट पाएपछि उपमेयर मञ्जु भण्डारीले पदबाट राजिनामा दिएकी छिन् । उनले आज मेयर तिलक राईले राजिनामा पत्र बुझाएकी छिन् । बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा उनलाई एमालेले मेयरमा उठाउने निर्णय हिजो शनिबार गरेको थियो । निर्वाचनमा उम्मेदवारी दिन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित