धरान: हिजो शुक्रबार फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । यो बिशेष दिनलाई धरानमा अझ बिशेषरुपमा मनाइएको छ ।
धरान ९ पुतलीलाइनस्थित हाङकुक साराङ कोरियन रेस्टुरेन्टले चर्चित गायक यम बराललाई धरानेहरुमाफ प्रस्तुत गरेर भ्यालेन्टाइन डेलाई झनै स्पेशल बनाइदिएको थियो । साँझ करिब ८ बजे धराने स्रोताहरुमाफ देखा परेका गायक बरालले आजको दिनमा कसैलाई पनि यस्तो नहोस भन्दै निष्ठुरीले छाडेर गइहाली बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेका थिए ।
गायक बरालले बादलुको घुम्टोले, नारायण गोपालको मलाइ नसोध, आगो चलचित्रको माया बस्यो मुटुमा, मुस्कान चलचित्रको हेर हेर पूर्वबाट झुल्किएछ घाम..लगायतको चर्चित गीतहरु गाएका थिए । यस्तै, उनको प्रस्तुतीमा रूद्र मणी र अरूणा लामाको ए कान्छा, नारायण गोपाल र आशा भोस्लेको मोहनी लाग्ला है बोलको गीतमा गायिका शुभलक्ष्मी राईले साथ दिएकी थिइन् ।