धरान: पाँच दिने प्रदेश १ स्तरीय चौथो पुष्प व्यापार तथा प्रर्दशनी मेलाको आज अन्तिम दिन हो ।

धरान १२ स्थित पब्लिक माविको मैदानमा सञ्चालन भइरहेको मेलामा हिजो चौथो दिनसम्म ३५ लाख बढीको कारोबार भइसकेको आयोजक फ्लोरीकल्चर एशोसिएशन सुनसरीले जानकारी दिएको छ । आज अन्तिम दिन भएकोले कारोबार लक्ष्यअनुसार हुने पनि आयोजकको अपेक्षा छ । आयोजकले ७० लाख बढीको कारोबार हुने अनुमान गरेको थियो । विगतमा अमान बजारमा लाग्दै आएको पुष्प मेला यसपाली पब्लिक स्कुलको मैदानमा आयोजना गरिएको छ ।

flower5 1

यसपाली फूलको प्रकारसँगै ड्रागन फल र सेरामिक गमला पनि पुष्प मेलाको बिशेष आकर्षण रहेको छ । पुष्प मेला आयोजक कमिटीकी संयोजक कल्पना लिम्बुका अनुसार उपभोक्ताहरुले हाइब्रिड गरिएको नयाँ प्रजातिका फूलहरु मनपराएका छन् । ‘सबै खालका फूलहरु बिक्री भइरहेको छ, तर धेरै चै हाइब्रिट गरिएको नयाँ प्रजातिको फूलहरु बिक्री भएको छ,’उनले भनिन् ।

flower1 flower3 1 flower6 1 flower8 1 flower7 1 flower11 1 flower10 1 flower55