धरान: बुढासुब्बा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब तीन पटकको विजेता टोली हो । धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपमा पनि मनाङ फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमीफाइनलमा मनाङले भारतको युनाइटेड कर्साङ एफसिलाई २–० ले हरायो । मनाङ नेपालको सशक्त ए डिभिजन क्लब हो । युनाइटेड कर्साङ पनि दार्जिलिङको उत्कृष्ट टोली हो । यो सिजनमा कर्साङ गोल्डकपसहित २ वटा उपाधि जितेको थियो ।

मनाङ छैटौं पटक बुढासुब्बाको फाइनल पुगेको हो । यसअघि बुढासुब्बामा पाँच पटक फाइनल खेलेको मनाङले तीन पटक उपाधि जितेको थियो भने दुई पटक उपविजेतामा चित्त बुझाएको थियो । मनाङले बुढासुब्बाको छैटौं, १३ औंं र १८ औं सँस्करणको उपाधि जितेको थियो । यस्तै, १४ औं र १७ औं सँस्करणमा उपविजेतामा सिमित भएको थियो ।

aIMG_4977 aIMG_4928 aIMG_4935 aIMG_4941 aIMG_4938 aIMG_4969 aIMG_4951 aIMG_4971 aIMG_4977 1 aIMG_4961 aIMG_5006 aIMG_4988 aIMG_4979 aIMG_5009 aIMG_4973 aIMG_5001 aIMG_4990