धरान: नेवार एकता समाजको ७ औं बार्षिक उत्सवको अवसरमा आज धरानको भानुचोकमा वृहत रक्तदान कार्यक्रम शुरु भएको छ ।

धरानलाई रक्तदाताहरुको सहर बनाउने र वीपी प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुलाई रगतको अभावमा ज्यान गुमाउन नदिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना भएको हो । औपचापिरक कार्यक्रम उद्घाटन हुन बाँकी रहेपनि बिहान करिब साढे ७ बजेतिर धरान ३ का अनुज उदासले पहिलो रक्तदान गर्दै रक्तदान कार्यक्रमको शुरुवात भएको थियो । औपचारिक समारोहको उद्घाटन भने धरानका मेयर तिलक राईले गर्ने कार्यक्रम छ ।

blood-dobatr4

आजको रक्तदान कार्यक्रमबाट कम्तीमा एक हजार प्रिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको समाजका सचिव हिमाल श्रेष्ठले बताए । रक्तदान कार्यक्रममा सहआयोजककोरुपमा जल्पादेवी बचत तथा ऋण सहकारी रहेको छ भने नेवाःदेय् दबूः, नेपाल रेडक्रस सोसाइटीको बिशेष सहयोग रहेको आयोजकले जनाएको छ । यस्तै, पासा खलः, लायन्स क्लब अफ धरान विजयपुर, टक्सार भोजपुर नेवाःखलः र धरान जेसिजको पनि सहकार्य रहने समाजले जनाएको छ । रक्तदान कार्यक्रममा बेलुकी ५ बजेसम्म आयोजना हुने कार्यक्रमकी संयोजक मञ्जु श्रेष्ठले बताइन् ।

newar-ekata-blood newar-ekata-blood2 newar-ekata-blood4 newar-ekata-blood5 newar-ekata-blood-dona newar-ekata-blood9

 

newar-ekata-samaj 1 blood-donate1 newar-ekata-samaj1