धरान: विवाहित महिलाहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्न आयोजित मिसेस स्टेट वान सिजन ३ मा २९ जना प्रतियोगीहरु छनौट भएका छन् ।
छनौट भएका प्रतियोगिता महिलाहरुका अभिभावकहरुसँग आयोजक वुमन वर्थ ग्रुपले शुक्रबार भेटघाट कार्यक्रम पनि गरेको छ । दुई चरणको अडिसनबाट प्रतियोगिताको लागि २९ जना छनौट भएका हुन् । अडिसनबाट चित्रदेवी गुरूङ, रमिला मगर राई, लक्ष्मी सुनार, टिका लिम्बु, शान्ता तामाङ, मिना लिम्बु, रोजिना राई, शोभा जबेगु र निर्मला राई छनौट भएका छन् । यस्तै, विनिता राई, रम्भा गौतम, अनु तामाङ, पवित्रा बस्नेत, चेतना शर्मा, भगी लिम्बु, मनेता श्रेष्ठ, गिता निरौला श्रेष्ठ, सुनिता श्रेष्ठ, कला राई, सविना घिमिरे, भुमिका देवान, सन्ध्या श्रेष्ठ, चन्दा चौधरी, पूर्णता शाक्य, निर्मला पाठक, शिखा लिम्बु, तुला लिम्बु, सिन्धु सुब्बा र कुन्नी लिम्बु पनि छनौट भएका छन् ।
प्रतियोगीहरुलाई कोरियोग्राफर डिजे ललित राईले तालिमको बारेमा जानकारी गराएका थिए । प्रतियोगीहरुलाई विभिन्न बिषयमा बुधबारदे ितालिम दिइने आयोजकको भनाई छ । तालिममा क्याटवकसँगै मेकअप, महिला अधिकार, महिला स्वास्थ, डाइनिङ शिष्टचार, प्रश्न उत्तर लगायतको बिषयमा सोही क्षेत्रका व्यक्तिहरुबाट दिइने उनले कोरियोग्राफर डिजे ललितले जानकारी दिए । अडिसनबाट छनौट हुन सफल प्रतियोगीहरुलाई गु्रपकी अध्यक्ष सुजता श्रेष्ठले बधाई दिँदै मिसेस स्टेटलाई मिसेस नेपालसँग सहकार्य गर्ने पहल भइरहेको जानकारी दिइन् ।
प्रतियोगिताको फाइनल चैत १५ गते हुने उपाध्यक्ष उमा ताम्राकारले जानकारी दिइन् । कोरोना भाइरसको समस्या भइरहेकोले तालिम नियमित भएपनि फाइनलको मिति भने पछि सर्न सक्ने पनि उनले बताइन् । विजेताले नगद १ लाख, फस्ट रनरअपले ५० हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ पाउनेछन् । यस्तै, प्रतियोगितामा मिसेस फोटोजेनिक, फ्रेन्डसिप, डिसिप्लिन, बेस्ट वक, ट्यालेन्ट, पर्सनालिटी, पब्लिक च्वाइस, बेस्ट फिट्नेस, एक्टिभ, बिउटीफुल र बेस्ट ड्रेस गरी ११ वटा टाइटल दिइने ग्रुपकी सचिव छाँया श्रेष्ठले जानकारी दिइन् ।