इटहरीः पुर्वी तराइमा अघिल्लो वर्षको जस्तो होलीको उत्सव छैन । अघिल्लो वर्ष विराटनगर, इटहरी, धरान लगायतका शहरमा विशेष सांस्कृतीक कार्यक्रमको आयोजना गरि होली पर्व मनाउने प्रचलन थियो ।
तर, यो वर्ष मोरङ जिल्ला प्रशासनले औपचारिकरुपमै सुचना जारी गरेर बढि भिडभाड हुने गरि कार्यक्रम आयोजना नगर्न भनेको थियो । यता सुनसरीका विभिन्न स्थानमा पनि अघिल्लो वर्षको जस्तो होलीका विशेष कार्यक्रम छैन । इटहरी उपमहानगरपालिका क्षेत्रमा विभिन्न संघ संस्थाले विशेष लाइभ सांगीतिक कार्यक्रम गर्ने प्रचलन भएता पनि यो पटक भने कसैले त्यस्ता कार्यक्रमको आयोजना गरेनन् । यो पटक सामान्य रुपमा होली मनाए पनि अघिल्लो सालको जस्तो उत्साह नदेखिएको स्थानीय सुमन ढुुँगेलले जानकारी दिए । शिक्षक समेत रहेका ढुुँगेलका अनुसार कोरोना भाइरस संक्रमणको डरले स्थानीय घर बाहिर ननिस्किएका हुन् । विद्यालय तथा ठुला संघ संस्थाले सामुहिक रुपमा मनाउने होली पर्व यो वर्ष मनाएका छैनन् ।
अर्का स्थानीय हरिशंकर घिमिरेका अनुसार घर बाहिर ठुलो संख्यामा होली नमनाए पनि घरमा र स सानो झुुण्डमा होली मनाउनेहरु प्रशस्तै भेटिएका छन् । तर, उनिहरुमा पनि अघिल्लो सालको जस्तो उत्साह खासै देखिएको छैन । अघिल्लो वर्ष झैँ इटहरीको चौक बजारमा भिडभाड नहुँदा होलीजन्य सामाग्रीको किनबेचनमा समेत गिरावट आएको छ । बजार पसल सुनसान छन् भने खुुद्रा पसलेले सडक किनारामा पसल थापे पनि किन्ने ग्राहकको घुुइँचो देखिएको छैन ।