धरान: कमेडी च्याम्पियन सिजन वानको विजेता हिमेश पन्त भएका छन् ।
भर्खर मात्र सम्पन्न भएको कमेडी च्याम्पियनको फाइनलमा उनी विजेता घोषित भएका हुन् । चर्चित अभिनेता हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले स्टेजमा उनलाई विजेता घोषित गरेका थिए । धादिङ जिल्लाका हिमेशले नगद २५ लाख, कार र अन्य थुप्रै पुरस्कारहरु पनि पाएका छन् । फाइनलमा हिमेशसँगै खड्गबहादुर पुन र सुमन अधिकारी पनि टप थ्रीमा थिए ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



