विराटनगरः प्रदेश एकका सबै सांसदले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणको लागि सरकयरले स्थापना गरेको कोषमा आधा महिनाको तलब दिने भएका छन् ।

संसद सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीका अनुसार सत्तापक्ष र विपक्षी सबै सांसदहरुले मुख्यमन्त्री संयोजकत्व रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा उक्त रकम जम्मा गर्नेछन् । प्रदेश एकमा ९३ सांसद रहेका छन् । मुख्यमन्त्री एवंम मन्त्रीहरुले एक महिनाको तलब यस अघि नै दिने निर्णय गरिसकेका छन् भने सभामुुख प्रदीपकुमार भण्डारी र उपसभामुखले पनि एक महिनाको तलब उक्त कोषमा जम्मा गर्ने जानकारी दिइसकेकाछन् ।

pradesh-sava1

त्यस्तै प्रदेश एकका प्रमुख सोमनाथ अधिकारीलेसमेत एक महिनाको तलब उक्त कोषमा जम्मा गर्ने उनको सचिवालयले जानकारी दिएको छ । प्रदेश एक सरकारको मंगलवारको मन्त्रिपरिषद बैठकले कोरोना हेल्प डेक्सको स्थापना गर्दै १० करोडको आपतकालिन कोष स्थापना गर्ने निर्णय गरेको थियो । उक्त कोषमा सरकारी पदाधिकारीदेखि व्यक्ति एवंम निजि संस्थालेसमेत सहयोग गर्न पाउने व्यवस्था गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुु्रव सुवेदीले जानकारी दिएका छन् ।