धरान: प्रदेश नम्बर एकका सभामुख प्रदिपकुमार भण्डारीले आफ्नो एक महिनाको पारिश्रमिक आपतकालिन स्वास्थ्य कोषमा दिने भएका छन् ।
प्रदेश सरकारले कोरोनाको सम्भावित जोखिम सामना गर्न स्थापना गरेको कोषमा सभामुख भण्डारीले एक महिनाको पारिश्रमिक वापतको रकम दिने घोषणा गरेका हुन् । विश्वव्यापी भएको कोरोना(कोभिड १९)को एक नेपाली युवतीमा पनि संक्रमण देखिए पछि प्रदेश सरकारले पनि स्वास्थ्य कोष स्थापना गर्ने हिजो निर्णय गरेको थियो । ‘सभामुख ज्युले पनि एक महिनाको पारिश्रमिक कोषमा दिने हुनुभएको छ,’प्रमुख स्वकिय सचिव गिरीराज अधिकारीले जानकारी दिदै भने । हिजो कोष स्थापनासँगै मुख्यमन्त्री शेरधन राई र सबै प्रदेश मन्त्रीहरुले पनि कोषमा आफ्नो एक महिनाको तलब दिने निर्णय गरेका थिए ।