विराटनगरः प्रदेश एक सरकारले स्थापना गरेको कोरोना आपतलकालिन कोषमा व्यवसायीद्धारा सहयोग जुट्ने क्रमजारी छ ।

मंगलवार प्रदेश एक सरकारको क्यावीनेलटले १० करोडको उक्तकोष स्थापनागर्ने निर्णय गरेसँगै निजी संस्था एवं व्यक्तिगतरुपमा समेत सहयोग गर्ने खुल्ला व्यवस्था गरिएको थियो । सोही अनुसार विराटनगरकय व्यवसायी घरनाले सहयोग दिने क्रमजारी छ । जसमा आरकेजी ग्रुपको राघुपति जुट मिल्सले १० लाख कोषमा जम्मा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिएका छन् । उनकाअनुसार अरिहन्त मल्टिफाइवरले समेत ११ लाख सहयोग गरेको छ । त्यस्तै निर्माण व्यवसायी संघ मोरङले १ लाख सहयोग गरेको छ ।

यस अघि अर्का व्यवसायी राजेन्द्र राउतले राउट कन्स्ट्रक्सन सर्भिस प्रालिका नामबाट ११ लाख कोषमा जम्मा गराएका थिए । प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, एवं मन्त्रीहरुले एक एकमहिनाको तलब कोषमा जम्मा गराएका छन् भने सबै प्रदेश सांसदले आधा महिनाको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ ।