धरान: लकडाउनले दैनिक ज्याला मजदुरी गरेर गरेर हातमुख जोड्ने अति विपन्न परिवारलाई निक्कै सकस पुर्याएको छ । यही कुरा बुझेर आज धरान वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले आफ्नो वडाका विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरेका छन् ।

वडा अध्यक्ष भट्टराईले आफ्नै खर्चमा ५ अतिविपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएका हुन् । उनले एक परिवारलाई १५ केजी चामल, २ केजी आलु र परिवार सदस्य हेरेर दाल पनि दिएका छन् । यस्तै, मास्क र आवश्यक औषधी पनि उनले वितरण गरेका छन् । 'सरकारले निर्णय गर्दा ढिलो हुन्छ, त्यसैले आफ्नै खर्चमा दिएको हुँ,'वडाअध्यक्ष भटराईले भने ।

wada-14, 1

खासमा उनी एक हजार थान मास्क वडामा वितरण गर्ने अभियानमा थिए । त्यही क्रममा विपन्न परिवार भोकै बसेको थाह पाएपछि उनले आफ्नै खर्चमा ती परिवारलाई राहत दिएका हुन् । 'मजदुरी गरेर जिविको चलाउने विपन्न परिवार भोकै रहेछन् । धेरै त वृद्धवृद्धाहरु छन्,'अध्यक्ष भट्टराईले भने,'मानवीयता पनि हो, र भोकभोकै बस्न नपरोस् भनेर पनि यसो गरेको हो ।'

वडाअध्यक्ष भटराई र सदस्य मञ्जिल कसजुले ती परिवारको घर घरमा पुगेर वितरण गरेका थिए । आफ्नो वडामा अझै अरु विपन्न परिवार भेटिएमा चिटको व्यवस्था गरेर एउटा दोकानबाट खाद्यान्न लैजाने व्यवस्था गरेको पनि वडाअध्यक्ष भटराईले बताए । उनले भने,'अतिविपन्न परिवार छन् भने १० किलो चालम, २ केजी आलु, १ केजी दाल र न्युटेलाको चिट दिन्छु । एउटा दोकानमा कुरा गरेको छु, त्यहाँबाट लैजान पाउछन् ।'

wada-14 2