इटहरीः बेला बखत विवादितरुपमा चर्चासँगै आलोचनाको पात्र बन्छन्, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी । उनी अहिले पुनः विवाद र आलोचनाको पात्र बनेका छन् ।

इटहरीबाट प्रसारित एरिना टेलिभिजनका संचारकर्मीमाथि अपशब्द बोल्दै गालिगलौजमा मेयर उत्रिएको भिडियो अहिले भाइरल बनेको छ । सञ्चारकर्मीले उनलाई कोरोनाको सन्त्रासको बेला कहाँ के गर्दैछन् भनेर बुझ्न प्रयास गरेका थिए । मेयर चौधरीले बुधवार एरिना टेलिभिजनकी प्रस्तोता सुस्मिता राईले संचालन गरेको कोरोना विशेष अपडेट कार्यक्रमको प्रत्यक्ष प्रशारणको तयारीमा रहेकै बेला एमसिआरबाट फोन सम्पर्क गर्ने संचारकर्मीलाई अश्लिल गालीगालौज गरेका थिए । आज बिहान ११ बजेको उक्त कार्यक्रमका लागि फोनबाट नम्र भावमा कुरा गर्न आग्रह गर्दा र आफु सँचारमाध्यमबाट बोलेको भनेर परिचय दिँदा समेत मेयर चौधरीले एकोहोरो अश्लिल गालीगलौजमा उत्रिए ।

यस विषयमा टेलिभिजनकाप्रबन्धक समिर कार्कीले मेयरको गाली आपत्तिजनक भएको बताए । उनले यसबारे संस्थाका स्टेशन म्यानेजरले पत्रकार महासंघसँग राय लिएर आधिकारिक धारणा सार्वजनिक गर्नेसमेत जानकारी दिए । पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले भने आफुले सो बारे बुझेर मात्र धारणा राख्ने प्रतिक्रिया दिए । यस विषयमा बुुझ्न खोज्दा नेकपाका इटहरी नगर कमिटी इन्चार्ज राजकुमार गिरीले आफु काठमाण्डौ रहेको हुँदा पछिल्लो घटना बारे अनभिज्ञ रहेको प्रतिक्रियादिए । तर, नगरका नेता एवम् कार्यकर्तामाझ भने सिँगो नेकपाको बदनाम भएको भन्दै मेयर चौधरीलाई कारवाही गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

इटहरी उपमहानगरपालिकाको प्रमुखको काम कारवाही गर्ने जिम्मेवारी उपमेयर लक्ष्मी गौतमलाई दिइएको छ । मेयर चौधरीले कार्यवाहक जिम्मेवारी दिएर काठमाण्डौ हिडेकय थिए । उनी फर्किएको औपचारिक जानकारी कसैलाई दिएका छैनन् । उपमेयर गौतमले मेयर चढ्ने गाडी आएको देखे पनि आफुले औपचारिक जानकारी नपाएको र यस्तो विपतको बेलाएक्लै नगरको सुरक्षाका लागि खटिरहेको जानकारी दिइन् ।

यसअघि इटहरीका संचारकर्मीलाई दुव्र्यवहार गरेको र साथै, पत्रकार विराट अनुुपमलाई ज्यान मार्नेसम्मको धम्कि दिएर मेयर चौधरी विवादित बनेका थिए । उनले पत्रकार विराटको नाकको डांडि भाँच्न एक करोड छुट्याएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । महिलाहरुको बारेमा अपशब्द बोलेका मेयरलाई प्रतिनिधि सभामा कारवाहीको आवाज नै उठेको थियो ।

भिडियो स्रोत: सामाजिक सञ्जाल फेसबुक/एरिना टेलिभिजन