धरान: धरान उपमहानगरपालिकाले पहिलो चरणको राहत वितरण तयारी थालेको छ । राहत वितरणको लागि आजदेखि राहत प्याकिङ गर्न शुरु भएको छ ।

उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहमा राहत सामग्री भण्डारण गरेको छ भने त्यही आजदेखि राहतको लागि प्याकिङ गर्न पनि थालेको हो । राहत समग्री प्याकिङ गर्न रेडक्रसकर्मीहरुले सहयोग गरिरहेका छन् । फुड बैंकमा उपलब्ध भएको साधन स्रोत अनुसार पहिलो चरणमा ३ हजार जनालाई राहत वितरण गर्ने निर्णय भएको सुचना अधिकृत खगे्न्द्र खतिवडाले जानकारी दिए । उनले भने, अहिले हामीसँग उपलब्ध भएको साधन स्रोतबाट पहिलो चरणमा ३ हजार परिवारलाई वितरण गर्ने तयारी भइरहेको छ ।

विभिन्न वडाहरुबाट संकलन भएको विपन्नको नामावलीहरु छनौट गरेर वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ । वडा कार्यालयहरुले नामावाली संकलन गरेर पठाउन थालेका छन् । ती नामावलीहरुमध्येबाट पनि वास्तविकत विपन्न परिवारको मात्र नाम छनौट गरेर वितरण गर्ने चुनौती उपमहानगरपालिकालाई छ । किनभने, राहतको लागि अतिविपन्न एवं हुदा खाने परिवारले मात्र होइन, हुनेखानेहरुले पनि नाम टिकाएका छन् । वडाबाट आएका नामहरुलाई मेयर र उपमेयर बसेर अन्तिम रुप दिने बताइएको छ।

rahat-pack3 rahat-pack10 rahat-pack5 rahat-pack15 rahat-pack6 rahat-pack16 rahat-pack7 rahat-pack18 rahat-pack9