धरान: लकडाउनले समस्यामा परेका परिवारहरुको लागि नेकपा १६ नम्बर वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल सुनसरीले खाद्यान्न सहयोग गरेको छ ।
दुवै संगठनले शनिवार संयुक्तरुपमा १६ नम्बर वडा कमिटिलाई सहयोग हस्तान्तरण गरेको थियो । वडा कार्यालयलाई २५ केजीको १५ बोरा चामल हस्तान्तरण गरेको हो । नेकपा १६ न. वडा कमिटी अध्यक्ष सिताराम आचार्य, नेकपा नगर सदस्य हिमाल कार्की, युवा संघ नेपाल सुनसरी जिल्ला इन्चार्ज पुर्ण भुजेल चिन्तन, जिल्ला अध्यक्ष भुवन याक्खा लगायतले वडाअध्यक्ष दिलकुमार गिरीलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
वडाअध्यक्ष गिरीले अहिलेसम्म आप्mनो वडाका अति विपन्न ९९ घर परिवारलाई राहत वितरण गरिसकेको जानकारी दिए । आफ्नो वडामा कुल ९ सय ३१ विपन्न परिवारको लगत तयार भएको र सबैलाई चाडै राहत वितरण हुने उनले बताए ।







