धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको पछिल्लो एक दर्जन स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
प्रतिष्ठानका अनुसार हिजो आइतबार साँझ १२ वटा स्वाबको नमुनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । प्रदेशको विभिन्न ठाउँबाट संकलन भएको १४ वटा स्वाबमध्ये १२ वटाको परीक्षण गरिएको थियो । संकलन भएको २ वटा स्वाबको परीक्षण रिपोर्ट आउन बाँकी छ । प्रतिष्ठानमा कोरोना परीक्षण ल्याब सञ्चालनमा आएपछि अहिलेसम्म कुल ४८ वटा स्वाब परीक्षण भइसकेको छ । ती सबै स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिष्ठानमा हरेक पटक १२ वटा स्वाब संकलन भएपछि मात्र परीक्षण हुने गर्छ । पिपिईलगायत सिमित स्रोत साधनको अधिकतम उपयोग गर्नको लागि एक पटकमा १२ वटा स्वाब नमुना संकलन २२७ जना सम्पर्कमा आएका छन् भने ती मध्ये १४ जना सरकारी क्वारेन्टाइनमा पठाइएको छ । अन्य २०२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आइसोलेसनमा ११ जना उपचार पछि घर फर्किएका छन् ।