धरान: धरान उपमहानगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
धरानमा प्रधान कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीप्रसाद वस्तीले पनि राहत कोषमा आर्थिक सहयोग गरेका छन् । सिईओ वस्तीबाट कोषमा १ लाख २५ हजार रुपैया सहयोग प्राप्त भएको उपमहानगरका सुचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । ‘उहाँले बैंकमार्फतबाट कोषमा १ लाख २५ हजार सहयोग गर्नुभएको छ,’खतिवडाले भने । राहत कोषमा यो सहयोग सिईओ वस्तीको व्यक्तिगत सहयोग हो ।