हात धुनु राम्रो हुन्छ साबुन पानीले
बुढा-बुढी युवादेखि बाबु नानीले 

लकडाउनको बेला हुन्छ घरमा बस्नु बेस
कोरोनाले छाड्ने भएन संसारका कुनै देश

प्राथना गरौ ईश्वरलाई घरभित्रै बसेर
मन्दिरमा पनि बस्ला भाइरस च्याँखे थापेर

आफै भित्र लुक्न सक्छ यो अदृश्य शत्रु
सामाजिक दुरी राख्दै क्वारेन्टाइन बस्नु

जथाभाबी सिटामोल लिन हुन्न साथी
घातक हुन्छ एन्टीबायोटिक थपे त्यसमाथी

ज्वरो आए चिकित्सकको सल्लाह लिनु पर्छ
आफु बाँची अन्यलाई बाँच्न दिनु पर्छ ।।


बायोकेमेस्ट्री बिभाग
वी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान
धरान, नेपाल