धरान: आजदेखि धरान १३ स्थित कृषि बजार पुनः खुला भएको छ ।

आज वडा कार्यालयले तोकेका व्यापारीहरुले कृषि बजारबाट पुरानो तालिका अनुसार किनमेल गर्न पाउछन् भने भोलीदेखि लागु हुने गरी कृषि बजारले खरीद बिक्रीको लागि एकसाताको तालिका सार्वजनिक गरेको छ । कृषि बजारले भिडलाई व्यवस्थापन गर्नको लागि तालिका तयार गरेको जनाएको छ । कृषि बजारले बिहान साढे ४ बजेदेखि साढे ५ बजेसम्म केही वडालाई किनमेल गर्ने समय तोकेको छ भने साढे ५ बजेदेखि ७ बजेसम्म अन्य वडालाई किनमेल गर्ने समय तोकेको छ ।

तोकिएको समयभित्र ती वडाका व्यवसायीहरु किनमेल गरेर कृषि बजारबाट बाहिरिसक्नुपर्नेछ ।तोकिएको वडाका व्यवसायीहरुबाहेक उक्त दिन अन्य वडाका व्यवसायीहरुले कृषि बजारमा किनमेल गर्न पाउने छैनन् । कृषि बजारका अध्यक्ष पर्शुराम कटवालका अनुसार बिहान हरियो तरकारी किनमेल गरिसकेपछि ती व्यवासयीहरुले ९ बजेसम्म अन्य तरकारी पनि किन्न भने पाउनेछन् । बिहानको समय हरियो तरकारी किन्नलाई हो । ती तरकारी पसलमा पुर्याइसकेपछि आलु, प्याजलगायत किन्न फेरि उनीहरु आउन सक्छन्, तर ९ बजेभित्र मात्र हुन्छ, उनले भने । कृषि बजार ९ बजेसम्म खुला रहनेछ भने १० बजेभित्र पुर्णरुपमा बन्द भइसक्नेछ ।

krisi