धरान: विश्वनै कोरोना भाइरसको संक्रमणले पीडामा छ । कोरोनाको महामारीबाट जोगिन एकमात्र उपाय हो, दुरी कायम गर्ने लकडाउन । त्यसैले नेपाल, भारतलगायत विश्वका अधिकांश मुलुकमा अहिले पनि लकडाउन छ ।
यही सन्दर्भमा धरानका केही संगीतकर्मीहरुले कोरोना महामारीबाट बच्न घरमै बसौं भन्दै सचेतनामुलक गीतको भिडियो तयार गरेका छन् । संगीतकर्मीहरु रोहित मास्के, हेम सुब्बा, सन्जिब लामा तामांग र मनोज मोतेको समुहले भिडियो तयार गरेका हुन् । उनीहरुले घरमै गीत रेकर्ड गरेका हुन् भने मोबाईलबाट नै भिडियो खिचेर मोबाईल बाट नै सम्पादन गरी म्युजिक भिडियो पनि परेका छन् ।
गीतको बोल 'हामी बाँचौ, यो देश बचाऔं, संसारलाई बचाऔं 'रहेको छ । यो गीतको रचना, संगीत, संगीत संयोजन रोहित मास्केको रहेको छ भने रोहित मास्के, सन्जिब लामा तामांग र मनोज मोतेले स्वर दिएका छन् । गीतको मिक्सिङ्ग हेम सुब्बाले गरेका छन् भने म्युजिक भिडियोको कन्सेप्ट तथा सम्पादन सन्जिब लामा तामांगले गरेका छन् । सबै मिलेर यो महामारीबाट बच्न घरमै बस्न अनुरोधसहितको यो गीत तयार गरेको गायक रोहित मास्केले बताए । घरमै बसे पनि प्रविधिको प्रयोग गरेर सबैले घरबाट नै काम गरेर यो गीत तथा म्युजिक भिडियो तयार गरेको गायक सन्जिब लामा तामांगले बताए ।
गीतको युट्युब लिंक :