इलाम: इलाममा गए राती सशस्त्र प्रहरीको टोलीले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज हिम भन्ने पुष्प कोइरालासँगै कार्यकर्ता जलन शेर्पा र सौरभ तामाङ रहेका छन् । उनीहरुलाई इलामको माई नगरपालिका–९, बोरुङबाट गएराती पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गर्ने क्रममा फायरिङ पनि भएको थियो । घटना राती करिब १ बजेतिरको हो । दानाबारी र चिसापानीबाट गएको टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि गोली हानाहान भएको बताइएको छ । घटनामा सशस्त्र प्रहरीले ७ राउण्ड फायरिङ गरेको थियो ।
पक्राउ परेकाहरुबाट १९ वटा डेटोरनेटर फ्युज र प्रेसर कुकर, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ तीन किलो, बाइनाकुलर लगायत सामग्री वरादम भएको छ । पक्राउ परेका व्यक्ति र बरामद सामग्री थप अनुसन्धानको लागि सशस्त्रले नेपाल प्रहरीलाई बुझाएको छ । स्रोत:अनलाइनखबर







